/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको वार्षिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मंसिर २९ गते सोमबार सुनकोशी गाउँपालिका–स्थित ग्रामीण महिला सिर्जनशील परिवारको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट ४५ जना विद्यालय नर्सहरूको सहभागिता रहेको थियो।

समिक्षासँगै विद्यालय नर्सहरूको सीप तथा ज्ञान अभिवृद्धिका विषयमा छलफल गरिएको जनाइएको छ। समापन समारोहमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा रहेका १४१ माध्यमिक विद्यालयमध्ये १०२ विद्यालयमा कार्यक्रम लागू हुनुपर्ने भए पनि हाल ५३ जना मात्र विद्यालय नर्स कार्यरत रहेको जानकारी दिनुभयो। दुर्गम क्षेत्रमा नर्सको पहुँच तथा पदपूर्ति प्रमुख चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो।
यसअघि मंसिर २८ गते ९आइतबार० जनस्वास्थ्य कार्यालयकै आयोजनामा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रद्वारा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाको सहयोगमा विद्यालय नर्सहरूका लागि मातृशिशु स्वास्थ्य तथा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सम्पन्न गरिएको थियो। बागमती प्रदेश सरकारले सन् २०७५ सालदेखि सञ्चालनमा ल्याएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममार्फत पोषण प्रवर्द्धन, मर्यादित महिनावारी, मानसिक स्वास्थ्य, सरसफाइ, आत्महत्या रोकथाम तथा विद्यार्थी स्वास्थ्य सचेतनामा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
३० मंसिर २०८२, सोमबार २०:१२