/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकमा अझै पनि बालविवाह रोकिएको छैन् ।
बिहे गर्ने उमेर नपुगी अर्थात् शारीरिक र मानसिक रूपमा सबल हुन नपाई कम उमेरमा बिवाह गर्ने बालविवाहको संख्या घट्नुभन्दा पनि बृद्धि हुँदै गइरहेको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा गत मंगलबार जिल्ला स्तरीय सरोकारवालाहरु सँग बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
उक्त अन्तरक्रियामा सरोकारवालाले कानुनले मात्रै बालविवाह हटाउन नसक्ने बताउदै सचेतना अझ बढाउनुपर्ने निष्र्कश निकालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा ग्रामीण महिला सिर्जनशील परिवार र आदिवासी जनजाती महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यत्रममा समाजमा विद्यमान रुढीवादी परम्परा, अ
िशक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोग लगायतका कारण बाल विवाह हुने क्रम अर्झ सम्म रहेको पाइएको छ ।
७४ स्थानमा भएको प्रहरी सर्वेक्षणमा ७३ प्रतिशतले बालविवाह गरेको तथ्याङक बताउदै प्रहरीमा भने उजुरी आउन छाडेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले जानकार दिनुभयो ।
सामान्यतः बालविवाहका घटनाहरुको प्रहरीमा सम्म उजुरी आइपुग्दा जबरजस्ती करणी तिर मोडिने गरेको भन्दै नेपाल बार एसोसियसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङले बताउनुभयो ।
२४ पुष २०८१, बुधबार ११:४३