/*php the_title();*/?>
जनतापत्र चौतारा ।
सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहको हालै सार्वजनिक गरिएको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनले विकास, सेवा प्रवाह र सुशासनको अवस्थाबारे स्पष्ट चित्र प्रस्तुत गरेको छ। मूल्याङ्कनको नतिजाअनुसार जिल्लामा बलेफी गाउँपालिका सबैभन्दा उच्च स्थानमा रहेको छ भने भोटेकोशी गाउँपालिका सबैभन्दा पछिल्लो स्थानमा देखिएको छ।
उपलब्ध तथ्यांकका आधारमा बलेफी गाउँपालिकाले प्रशासनिक पारदर्शिता, योजना कार्यान्वयनको गति, बजेट खर्चको प्रभावकारिता तथा नागरिक सेवा प्रवाहमा उल्लेखनीय सुधार देखाएको छ।


समयमै योजना सम्पन्न गर्ने, आन्तरिक स्रोत परिचालन गर्ने र नागरिक गुनासो व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यले उसलाई अग्रस्थानमा पु¥याएको बताइएको छ।
विपरीत रूपमा, भोटेकोशी गाउँपालिकामा योजना कार्यान्वयनमा ढिलाइ, सीमित स्रोत परिचालन र व्यवस्थापन पक्षमा सुधारको आवश्यकता औँल्याइएको छ। मूल्याङ्कन प्रतिवेदनले त्यहाँ सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सुझाव दिएको छ।
जिल्लाका अन्य स्थानीय तहहरू पनि आ–आफ्नो स्थानमा रहेका छन्। कार्यसम्पादन मूल्याङ्कनले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र सेवा गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले मूल्याङ्कनलाई सुधारको अवसरका रूपमा लिँदै आगामी वर्षमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्लावासीले पनि पारदर्शी र उत्तरदायी शासनको अपेक्षा राखेका छन्।
१ फाल्गुन २०८२, शुक्रबार १४:५३