/*php the_title();*/?>


जनतापत्र,मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन बन्द गरिएको छ ।
खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुरुङबाट पानी पठाउन बन्द भएसँगै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ । काठमाण्डौ उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (के.यू.के.एल.) का प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो ।
२१ बैशाख २०८२, आईतवार २२:१७