/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारी सडक खण्डको स्तरोन्नति कार्य सुरु गरिएको छ। वर्षातका कारण पटक–पटक क्षतिग्रस्त बन्दै आएको यस सडक सुधारका लागि सडक विभागले अर्थ मन्त्रालयबाट दुई अर्ब ३७ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेपछि काम अघि बढाइएको हो। सडक डिभिजन कार्यालय चरिकोटका अनुसार ठेक्का प्रक्रिया पूरा गरी गत मङ्सिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरिएको थियो।

उक्त आयोजनाको ठेक्का रकम एक अर्ब ३४ करोड रुपैयाँमा तय गरिएको छ। स्तरोन्नतिअन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकलाई डबल लेनमा विस्तार गरिनेछ। हाल आवश्यक संरचना निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। विशेषगरी पहिरो जोखिमयुक्त क्षेत्रमा ग्याबियन वाल तथा अन्य संरक्षण संरचना निर्माण भइरहेको छ। हालसम्म आयोजनाको भौतिक प्रगति करिब ७ प्रतिशत पुगेको छ। निर्माण कम्पनीका प्रतिनिधिका अनुसार कुनै अवरोध नआए तीन वर्षभित्रै सडक स्तरोन्नति सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आवश्यक निर्माण सामग्रीको आपूर्ति र मौसमले साथ दिए निर्धारित समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको छ।
१० चैत्र २०८२, मंगलवार १३:२९