सिन्धुपाल्चोकको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्ज आफ्नो १८औँ वर्षमा प्रवेश

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्ज आफ्नो १८औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा रेडियोले समुदाय, श्रोता, विज्ञापनदाता तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। स्थानीय समुदायको पहलमा स्थापना भएको रेडियो सिन्धुले २०६५ साल चैत १ गतेदेखि प्रसारण सुरु गरेको थियो। जिल्लाका दुर्गम बस्तीका आवाजलाई सदरमुकामसम्म पु¥याउने र सूचना तथा चेतनालाई गाउँगाउँसम्म फैलाउने उद्देश्यका साथ रेडियो स्थापना गरिएको हो।

गत वर्ष परेको चट्याङका कारण प्रसारण उपकरणमा ठूलो क्षति पुगेपछि रेडियो करिब ७० दिनसम्म बन्द भएको थियो। तर स्थानीय समुदाय, श्रोता र शुभेच्छुकको सहयोगबाट आवश्यक उपकरण व्यवस्थापन गरी ७१ औँ दिनमा रेडियो पुनः सञ्चालनमा ल्याउन सफल भएको रेडियो व्यवस्थापनले जनाएको छ। वार्षिकोत्सवका अवसरमा अध्यक्ष रत्नप्रसाद श्रेष्ठले आगामी दिनमा पनि समुदायको विश्वासलाई कायम राख्दै जिम्मेवार र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै रेडियो परिवारले समुदायको सहयोग र मायाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

१ चैत्र २०८२, आईतवार १९:०६