/*php the_title();*/?>


जनतापत्र,नवलपुर ।
सिन्धुपाल्चोकको नवलपुर बजार क्षेत्रमा सञ्चालित एक दर्जन बढी पसल, होटल, रेष्टुरेन्ट र औषधी पसलमा छड्के अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा स्थानीय सरकारका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले संयुक्त रूपमा बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा नवलपुर बजारमा उपभोक्ताको हित विपरीतका अखाद्य तथा म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेकोले ती समान जफत गरी पहिलो पटक सम्झाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।
यस्तै, दर्ता बिनै संचालनमा रहेको होटल तथा पसललाई ३० दिनभित्र अनिवार्य रुपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ थापाले बताउनु भयो ।
अनुगमन टोलिले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसाय दर्ता गरि ईजाजत लिन र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन समेत दिएको छ ।
२४ चैत्र २०८१, सोमबार २१:००