सिन्धुपाल्चोककी बिनु कम्बोडियामा पक्राउ


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक घर भएकी बिनु कम्बोडियाबाट पक्राउ परेकी छिन् ।
केहि समय अगाडि वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो ।
सो नोटिस जारी भएसँगै फरार रहेकि बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।
नेपाल प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीको जानकारी अनुसार, सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको हो ।

४० जनाभन्दा धेरै व्यक्तिबाट शाक्यले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भन्दै पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार थिइन् ।
आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई पक्राउ गर्नका लागि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । सुजनलाई गएको कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

२१ कार्तिक २०८१, बुधबार ११:२५