/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोककी गंगा सोनाम नेपाल आइडल सिजन–६ की विजेता बन्न सफल भएकी छन् । राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा उनले प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा लेखाएकी हुन् । २० वर्षीया सोनाम इन्द्रावती गाउँपालिका–१०, बडहरेकी हुन् । विद्यालय जीवनदेखि नै संगीतप्रति रुचि राख्दै आएकी उनले स्थानीय चण्डेश्वरी माविबाट कक्षा १२ सम्म अध्ययन गरेकी छिन् । उनी विद्यालयका सांगीतिक कार्यक्रममा सक्रिय रहँदै आएकी थिइन् । उनका दाइ दीपेन्द्र सोनाम पनि संगीत क्षेत्रमा आबद्ध छन् । नेपाल आइडलको अडिसनमा देउडा गीत गाएर निर्णायकको मन जितेकी सोनाम थिएटर राउन्डपछि दर्शकसँग अझ नजिक हुन सफल भएकी थिइन् । उनका प्रस्तुति सामाजिक सञ्जालमा समेत चर्चित बनेका थिए । यसअघि ‘बेलबटम’ नामक गीतमा स्वर दिएकी उनी उपाधि जितेसँगै नेपाली संगीत क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने अपेक्षा गरिएको छ । साधारण ग्रामीण परिवेशमा हुर्किएकी उनी राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक रियालिटी शो जित्दा जिल्लावासीले गर्व महसुस गरेका छन् ।
१६ भाद्र २०८२, सोमबार ०६:०४