/*php the_title();*/?>


आइसिँ तामाङ,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमध्ये ११ वटाले आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम र बजेट असार १० भित्रै सार्वजनिक गरेका छन्। तर, सुनकोशी गाउँपालिका भने समयमै बजेट ल्याउन असफल भएको छ।सुनकोशी गाउँपालिकाको छैठौं गाउँसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो। गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाका अनुसार कार्यपालिका सदस्यहरूको अनुपस्थितिका कारण बजेट रोकिएको हो। उहाँले यो अवस्थालाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। “जनताको सेवा अवरुद्ध गर्नु अराजकता हो,” उहाँको भनाइ छ।
🔸 ११ स्थानीय तहले ल्याएका बजेट ९संक्षेपमा०स्
नगरपालिकाहरूस्
मेलम्ची नगरपालिका – रु। १ अर्ब ५३ करोड ९ लाख
चौतारा साँगाचोकगढी नगरपालिका – रु। १ अर्ब १६ करोड
बाह्रबिसे नगरपालिका – रु। ६० करोड ३३ लाख
गाउँपालिकाहरूस्
इन्द्रावती गाउँपालिका – रु। ९९ करोड ४४ लाख
भोटेकोशी गाउँपालिका – रु। ७२ करोड
जुगल गाउँपालिका – रु। ५८ करोड १४ लाख
पाँचपोखरी थाङपाल – रु। ५७ करोड ५९ लाख
वलेफी गाउँपालिका – रु। ५६ करोड ६७ लाख
लिसंखुपाखर गाउँपालिका – रु। ५६ करोड
त्रिपुरासुन्दरी गाउँपालिका – रु। ४७ करोड
🔹 साझा प्राथमिकतास्
सबै स्थानीय तहले नीति तथा कार्यक्रममार्फत कृषि आधुनिकीकरण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वरोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।
१० असार २०८२, मंगलवार २१:४६