/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (Lisa) नतिजाले सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूबीचको प्रतिस्पर्धात्मक क्षमता उजागर गरेको छ।
यस वर्षको मूल्याङ्कनमा, मेलम्ची नगरपालिका ८८.२५ अंकसहित जिल्लाकै सबैभन्दा उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।
यसैगरी, ८५.७५ अंकका साथ इन्द्रावती गाउँपालिका दोस्रो स्थानमा उक्लिएको छ। इन्द्रावतीले सुशासन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, र विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरेर यो उपलब्धि हासिल गरेको हो।

जिल्लाका अन्य स्थानीय तहहरूको नतिजा पनि उत्साहजनक देखिएको छ। मूल्याङ्कनमा जुगल गाउँपालिका (८५ अंक) तेस्रो स्थानमा रहँदा, बलेफी गाउँपालिका (८४.७५ अंक) र चौतारा साँगाचोकगढी नगरपालिका (८२.७५ अंक) क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन्। यसैगरी, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, र सुनकोशी गाउँपालिका लगायत अन्य स्थानीय तहले पनि राम्रो अंक हासिल गरेका छन्। यो नतिजाले स्थानीय सरकारहरूले आफ्नो कार्यक्षमता सुधार गर्न गरेको निरन्तर प्रयासलाई देखाएको छ ।
८ भाद्र २०८२, आईतवार १६:५२