/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
लिसंखु पाखर गाउँपालिका–६, पेट्कुमा दलित समुदायका महिलाहरू तथा युवाहरुलाई लक्षित गरी संचालन गरिएको १० दिने साबुन बनाउने तालिम आज सम्पन्न भएको छ। २०७८ बैशाख १८ गतेदेखि सुरु भई २७ गतेसम्म संचालन गरिएको उक्त तालिम पेट्कु दलित उत्थान समितिको आयोजनामा सम्पन्न भएको हो।

“वडा स्तरीय १० दिने साबुन बनाउने तालिम” नाम दिइएको उक्त कार्यक्रमले सहभागीहरूलाई घरेलु उत्पादन र सिपमूलक कार्यतर्फ अभिमुखीकरण गराएको छ। तालिममा साबुन उत्पादनको सामग्री छनोट, प्रक्रिया, गुणस्तर कायम गर्ने तरिका, र बजारमा बिक्री गर्ने सीपसमेत समेटिएको थियो।
कार्यक्रमले आत्मनिर्भरता र स्वरोजगारतर्फ दलित समुदायका सदस्यहरूलाई प्रोत्साहन दिएको सहभागीहरूको भनाइ छ। सहभागी मध्ये एक दिदीले भनिन्, “पहिला यस्तो सिपको तालिम पाइएन। अहिले भने आफैंले केही गर्न सकिने आशा जागेको छ।”
पेट्कु दलित उत्थान समितिले स्थानीय तहमा व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ। समितिका प्रतिनिधिका अनुसार आगामी दिनहरूमा पनि यस्तै सशक्तीकरणमूलक तालिमहरू सञ्चालन गरिनेछ।

तालिममा स्थानीय सरकार, समाजसेवी संस्था, र समुदायका अगुवाहरूको समेत सहकार्य रहेको थियो। कार्यक्रमले लिसंखु पाखर गाउँपालिकाको “स्वस्थ, समृद्ध र आत्मनिर्भर समाज” बनाउने अभियानमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
२६ बैशाख २०८२, शुक्रबार ०५:४६