/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको सानोसिरूवारीस्थित श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ। नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन सेमिनार हलसहित ६ कोठे रहेको छ। भवनसँगै आवश्यक फर्निचरसमेत विद्यालयलाई उपलब्ध गराइएको छ, जसले शिक्षण–सिकाइ कार्यलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। विद्यालयका प्रधानाध्यापक राजुकुमार यादवका अनुसार भवनमा विद्यार्थीहरूको दिवाखाजाका लागि व्यवस्थित भान्साघर, विभिन्न कार्यक्रम सञ्चालनका लागि सेमिनार हल, पार्किङ क्षेत्र तथा शौचालयसमेत निर्माण गरिएको छ।
नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएको छ भने विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
८ चैत्र २०८२, आईतवार १९:०४