सातकन्या माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची–९ रातमाटास्थित एको छ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैको समान दायित्व रहने बताएका छन्। उहाँले विद्यालयको स्पष्ट योजना र लक्ष्य भएमा मात्र शैक्षिक तथा भौतिक उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो। साथै नगरपालिकाले शैक्षिक क्षेत्र र शिक्षण संस्थाको सुधार तथा उन्नयनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। नगर उपप्रमुख उमा प्रधानले समाज विकासको आधार शिक्षा भएकाले नगरपालिकाले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गर्दै आएको बताउनुभयो। संघीय व्यवस्था कार्यान्वयनसँगै स्थानीय तहमा शिक्षाको पहुँच र गुणस्तरमा सुधार आएको उहाँको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर चिनाउने मात्र नभई संस्कार, संस्कृति र व्यवहारिक ज्ञान प्रदान गर्नु पनि भएको उल्लेख गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूले सामाजिक अध्ययन तथा नैतिक शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडा अध्यक्ष किरणदीप खड्का, नगर शिक्षा अधिकृत लक्ष्मीकिशोर सुवेदी, युवा व्यवसायी अनिलकुमार तामाङ, पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का, समाजसेवी चन्द्रबहादुर तामाङ, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक केदार विष्ट, पूर्व शिक्षक गोपालबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


विद्यालयका प्रधानाध्यापक जनक अधिकारीले शैक्षिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष सुनबहादुर घलेको अध्यक्षता रहेको थियो। सो अवसरमा नेपाल आइडल गंगा सोनाम र युवा व्यवसायी अनिलकुमार तामाङलाई सम्मान गरिएको थियो।

११ माघ २०८२, शनिबार २०:१७