साझा पावर विरुद्ध स्थानिय आन्दोलनमा उत्रिए


जनतापत्र, चौतारा ।
साझा पावर विरुद्ध स्थानिय आन्दोलित भएका छन् ।
सिन्धुपाल्चोकमा निमार्णधिन २० मेगावाटको साझा पावर कम्पनी लिमिटेडबाट प्रभावित स्थानियले आन्दोलनमा उत्रिएका हुन् ।
आफुहरु असुरक्षीत भएको भन्दै शनिबार स्थानियले नाराबाजी सहित आन्
दोलन गरेका हुन् ।
उनिहरु बलेफी गाँउपालिका १ र चौतारा साँगाचोकगढी नगरपालिका २ को सिमाना जलविरे खरिटारीमा निमार्णधिन यो आयोजनाबाट असुरक्षीत भएको बताएका छन् ।
ड्याम क्षेत्रमा कालो झन्डा गाड्दै काम रोकेका छन् । यत्रि मात्र होइन कि हाईड्रोको कार्यालयमा ताला समेत लगाएका हुन् ।

स्थानियहरुका अनुसार, चौतारा साँगाचोक गढी नगरपालिका २ को खरिटारमा निर्माणधिन ड्याम क्षेत्र खोलाको धार नै परीवर्तन गराएर बनाएकोले आसपासका बस्तीहरू जोखिमका परेको छ ।
फागुन १८ गते स्थानियलाई जानकारी नदिइ दिउँसै प्लाष्टिङ गरिएको छ । जसले गर्दा ४ सय मिटर पर सम्म उछिटेर पुगेका ढुङ््रगाका टुक्राले घरको छाना प्वाल पार्नुका साथै घरहरु चर्किएका हुन् ।

चौतारा साँगाचोकगढी २ का अध्यक्ष सुदिप श्रेष्ठले मौखिक र लिखित रूपमा कम्पनीलाई स्थानियको समस्याबारे जानकारी गराउदा समेत सम्बोधन नभएपछि वाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।
स्थानियले प्रभावित समुदायले बस्तीको माग संरक्षण संगै निर्माण स्थल वरिपरि भूगर्भविध बाट अध्ययन गरी प्लाष्टिङ गर्नु रहेको छ ।
उनिहरुले आयोजना निमार्ण स्थल वरपरको घर, पशु चौपायको बीमा गर्नुपर्ने र यसको आयोजनाले जिम्मा लिनुपर्ने माग समेत गरेका छन् । ठूलाठूला आवाजमा प्लाष्टिङ गर्दा निर्माण स्थल वरिपरिको घरहरू चर्किएकोले त्यसको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग उनिहरुको छ । यस्तै हाइड्रोपावर कम्पनीका कारण नासिएका घाट, खानेपानी र सिँचाइको निर्माण गर्न पनि माग गरेका छन् ।

२५ फाल्गुन २०८१, आईतवार १३:२१