सडक दुर्घटनामा एकको मृत्यु

जनतापत्र, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरेश रसाइली गम्भीर घाइते भएका थिए।

उपचारको लागि सिन्धु सदाबहार अस्पताल लगिए पनि साँझ ६:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। बस चालक माधव बहादुर कार्की प्रहरी नियन्त्रणमा छन्। दुर्घटनापछि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

२६ बैशाख २०८२, शुक्रबार २०:४२