/*php the_title();*/?>
संवैधानिक र लोकतान्त्रिक मूल्य रक्षा गर्न संवादमा आउसंविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै दलबीच आपसी सहमति कायम गरी उपलब्धिको रक्षा गर्न संवाद अनिवार्य छन दलहरूलाई एमालेको आग्रह
जनतापत्र, काठमाडौं ।
नेकपा एमालेले देशमा प्राप्त संवैधानिक र लोकतान्त्रिक उपलब्धि सुरक्षित राख्न सबै राजनीतिक दललाई आपसी संवादमा सहभागी हुन आह्वान गरेको छ।
पार्टी महासचिव शंकर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो–आफ्नो स्तरबाट लोकतन्त्र बलियो बनाउन योगदान दिनुपर्ने बताएका छन्।

उनले स्थानीय तहमार्फत जनताले पाउने सेवा अवरोधविनै निरन्तर दिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
एमालेको वक्तव्यमा भनिएको छ, “संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै दलबीच आपसी सहमति कायम गरी उपलब्धिको रक्षा गर्न संवाद अनिवार्य छ।”
साथै, प्रधानमन्त्रीको राजीनामापछि अगाडि बढ्ने राजनीतिक समाधान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र खोजिनुपर्नेमा एमालेले आफ्नो अडान स्पष्ट पारेको छ।
२६ भाद्र २०८२, बिहीबार १४:०५