/*php the_title();*/?>

जनतापत्र, चौतारा ।
नेकपा (एमाले) सिन्धुपाल्चोकको जिल्ला कमिटी बैठक चौतारास्थित पार्टी कार्यालयको हलमा सम्पन्न भएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । बैठक उत्साहजनक वातावरणमा सम्पन्न भएको जनाइएको छ।
बैठकमा ग्रासरुट अभियानका बाँकी काम सम्पन्न गर्ने, गत वर्षको बिपद् व्यवस्थापन, स्थानीय अधिवेशन तथा जरा अभियानको कारण पछि परेका सांगठनिक कार्यहरूजस्तै जिल्ला अधिवेशनपछिको जिम्मेवारी बाँडफाँड, सचिवालय गठन र मनोनयनको गृहकार्य अब टुंग्याइएको सो पार्टीले जनाइएको छ।

पार्टी एकता र विभाजनका कारण विगतमा एमालेको सांगठनिक जीवनमा देखिएको अस्थिरता र अनुशासनहीनता हटाएर संगठनलाई पुनः सशक्त बनाउने निर्णय बैठकले गरेको छ। दशकदेखि सदस्यता अद्यावधिक नभएको, अनुशासन कमजोर हुँदै गएको र अराजकताले गाँजिएको अवस्थामा संगठनलाई पुनर्जीवन दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा ३१ सदस्यीय सचिवालय गठन गरिएको छ भने १६ जना मनोनयनमार्फत समेटेर कुल १२१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको छ। जिल्ला कमिटीका अध्यक्ष होम नारायण श्रेष्ठले समग्र जिम्मेवारी सम्पादनको अनुगमन तथा संयोजन गर्ने गरि, विभागहरूमा कृष्ण गोपाल तामाङ (संगठन), अर्जुन भण्डारी (प्रचार), शिवहरी सापकोटा (शिक्षा), विष्णुमणि आचार्य (जनसंगठन), आङ्दोर्जे शेर्पा (बित्त), र सुशीला पाख्रिन (स्थानीय विभाग) लाई जिम्मेवारी दिइएको छ। यस्तै, अनेरास्ववियु र युवा संघको नेतृत्वमा चरि बहादुर तामाङ र छिरिङ शेर्पा तोकिएका छन्। अन्य बिभाग, फाँट, तथा ईन्चार्ज सहईन्चार्जहरु पनि तोकिएका छन । संघ र प्रदेश स्तरका ईन्चार्जहरुको जिम्मेवारीहरु पनि तोकिएको छ।

एमालेको संगठनात्मक जीवन माओबादीसंग एकता र बिभाजनको कारण खल्बलिएको थियो । दशक भन्दा बढि समय देखि सदस्यता अद्यावधिक थिएन, पार्टी अनुशासनको पालना गर्ने संस्कार कमजोर बन्दै गएको थियो, अराजकताले गाँजेको र परिभाषित जिम्मेवारी बहन गर्ने भावनामा ह्रास आएको कारण संगठनको पुनर्जीवन नै महत्वपुर्ण र पार्टी कामको प्राथमिकता बनेको ठहर गत निर्वाचन पछिको समिक्षा बैठकहरुका निश्कर्षहरु थिए । त्यसैले पार्टीकामको बाह्य तडकभडक र सस्तो प्रचारबाजीको राजनितिबाट टाडा बसेर आन्तरिकरुपमा पार्टी संगठनलाई मजबुत बनाउन जिम्मेवार नेता कार्यकर्ताहरु सकृय थिए ।अब एमाले बिपक्षले जस्तोसुकै हतकण्डा अपनाए पनि सहजढंगले सामना गर्न सक्ने गरि अघिबढेको छ ।
प्रमुख अतिथि डा. राजन भट्टराईले पार्टीलाई भित्रीरूपमा सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। विशेष अतिथि शेरबहादुर तामाङले पनि बैठकले गरेका निर्णय इमान्दारिताका साथ कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।
२८ बैशाख २०८२, आईतवार १२:३८