श्री हैबुङ महादेवस्थान मा.वि.मा भविष्यका लागि शिक्षाको विकल्प छैन भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न

आइसिँ तामाङ,मेलम्ची ३ हैबुङ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ३ हैबुङमा बालबालिकाको सुनौलो भविष्यका लागि शिक्षाको विकल्प छैन भन्ने मुख्य सन्देश दिँदै श्री हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा एक रोमाञ्चक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
बालबालिकाका लागि श्रमभन्दा शिक्षा आवश्यक’ शीर्षकमा भएको प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमताको सशक्त प्रदर्शन गरेको थियो ।
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि च्ज्भ्क्त्) को प्रायोजनमा भएको यो कार्यक्रममा विद्यार्थीहरूले शिक्षालाई किन प्राथमिकता दिनुपर्छ भन्ने विषयमा एकपछि अर्को गर्दै बलिया तर्कहरू प्रस्तुत गरेको थियो ।
कक्षा ६ देखि १० सम्मका २६ जना विद्यार्थीले पक्ष र विपक्षमा आफनो भनाई राखेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नं.–३ का वडा सदस्य मच्छिन्द्र नेपाली रहनुभएको थियो।
प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि लगायतले पुरस्कार तथा खादा लगाएर सम्मान गर्नुभएको थियो। यो प्रतियोगिताले विद्यार्थीमा बहस गर्ने कला मात्र नभई सामाजिक चेतना पनि जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

६ भाद्र २०८२, शुक्रबार २०:२१