/*php the_title();*/?>

जनतापत्र, चौतारा ।
विद्यालयको अक्षयकोषको लागी ८ लाख सहयोग घोषणा गरेको छ ।
श्री सेतीदेबी पञ्चकन्या माध्यमिक विद्यालयको पूर्व बिद्यार्थी समाजले उक्त रकम बराबरको सहयोग घोषणा गरेको हो । पूर्व विद्यार्थीहरुको ब्यक्तिगत सहयोगबाट नगद संकलन गरी कोषको सांसद माधव सापकोटा सुबोधले घोषणा गर्नुभएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४, कुबिण्डे स्थित विद्यालयले ४८ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन समारोह धुमधामका साथ मनाएको छ । उक्त समारोहको अवसरमा पूर्व बिद्यार्थी समाजका उपाध्यक्ष समेत रहेका बलेफी गाँउपालिका अध्यक्षले ४ लाख सहयोगको घोषणा गर्नुभएको थियो ।
यो विद्यालयमा नियमित र कृषि प्राविधिक धारमा अध्यापन भइरहेको छ । गत बुधबार विद्यालयले आफ्नो वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन कार्यक्रम बिबिध कार्यक्रमका साथ समापन गरेको हो ।
उक्त विद्यालयमा हाल २ सय ५० हाराहारीमा बिद्यार्थी रहेका छन् । बिद्यालयमा विद्यार्थीहरुले पढ्दै कमाउँदै कार्यक्रम पनि लागु भएको छ ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणी नेपालको अध्यक्षता र प्रतिनिधी सभाका पूर्व सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
कार्यक्रमको बिच भागमा विद्यालयको समग्र शैक्षिक अवस्थाको समिक्षा सहित शैक्षिक गुणस्तर सुधारका विषयमा विद्यार्थी , शिक्षक, भुत पुर्व विद्यार्थी र अभिभावक बिच सामुहिक अन्तरक्रिया समेत गरियो ।
२४ माघ २०८१, बिहीबार ११:२८