श्री बज्रेश्वरी आधारभूत विद्यालयको ३० औं बार्षिकत्सव सम्पन्न

जनतापत्र चौतारा ।
श्री बज्रेश्वरी आधारभूत विद्यालयको ३० औं बार्षिकत्सव सम्पन्न भएको छ ।
बज्रेश्वरी आधारभूत विद्यालयको ३० औं बार्षिकत्सव, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उहाले यस आधारभूत विद्यालयको बार्षिकत्वसमा वोल्दै शिक्षाबाट कुनै बालबालिका वञ्चित नहोस् , हरेक अवसरलाई सदुपयोग गर्नुपर्छ, यसमा वडा शिक्षा समितिले गर्न सकिने सहयोग गर्ने र गुणस्तरीय शिक्षा र निःशुल्क शिक्षाको लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्छु भन्दै साना साना विद्यार्थीलाई २५० थान कपि र सिसाकलम प्रदान गर्नुभएको छ । यसै सन्दर्भमा खेलपे्रमी विद्यार्थी र भूत पुर्वविद्यार्थीलाई फूल्पिङ युवा समाजको समन्वयमा भलिवल २ थान, जर्सी सेट २० , नेट २ , पम्प १ थान वितरण गर्नु भएको थियो ।


कार्यक्रममा शिक्षक, विद्यार्थी, अविभावक, भूत पुर्वविद्यार्थी, वुद्धिजिवि, समाजसेवीको उपस्थिती रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुन्ज तामाङ्गको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएको हो ।

२६ माघ २०८१, शनिबार १६:१५