/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले श्रमिकहरूको दीर्घकालीन सुरक्षाका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण आधार रहेको बताएका छन्। आइतबार सिन्धुपाल्चोकमा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले मेलम्चीमा आयोजना गरेको सामाजिक सुरक्षा सम्बन्धी तालिम कार्यक्रममा उनले श्रमिक अधिकार संरक्षणमा नगरपालिकाको भूमिका सदैव सकारात्मक रहने उल्लेख गरे। नगरप्रमुख तामाङले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको पहुँच विस्तार गर्न श्रमिक, संघसंस्था र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए। सामाजिक सुरक्षाले श्रमिकलाई जोखिमको समयमा सहारा दिने भएकाले यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो। कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, संघका पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नगरप्रमुख तामाङले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको पहुँच विस्तार गर्न श्रमिक, संघसंस्था र स्थानीय सरकारबीच सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो। उनले भने, “सामाजिक सुरक्षा श्रमिकलाई जोखिमको समयमा आधार प्रदान गर्ने भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ।” कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, संघका पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
२९ मंसिर २०८२, आईतवार १५:०१