ब्रम्हायणी इङ्गलिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न



सुनिता रखाल जलविरे ।
वलेफी गाँउपालिका वडा नं १ जलविरेमा रहेको ब्रम्हायणी इङ्गलिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ । सो कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको प्याब्सनका अध्यक्ष वुद्धि प्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सम्वोधन सर्दै अध्यक्ष आचार्यले ब्रम्हायणी इङ्गलिस स्कुलको उन्नती प्रगतीका कामना गरेका थिए । विद्यार्थीलाई पढाइका साथै नियमित क्रियाकलापमा निर्धक्कसंग वोल्नेबानीको विकास,अनुसासीत हुने कुराहरुमा राम्रो भएको र अझ राम्रो गर्न सुझाव सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको प्याब्सनका उपाध्यक्ष मदन सापकोटा, सचिव नवराज दनुवार, शिक्षा प्रेमी  मेख बहादुर थापा, छिमेकी विद्यालयका शिक्षक वेदलाल दुलाल, जलविरे प्राथमिक स्वास्थ्य केद्रका डाक्टर सरोज भट्टराइ, पत्रकार, विद्यार्थी अभिभावकको उपथिती रहेको थियो । कार्यक्रम राम खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

१३ फाल्गुन २०८१, मंगलवार ०८:५२