विद्यार्थीले उत्पादन गरे तरकारी


जनतापत्र, बाह्रबिसे ।
सिक्ने र सिकाउने प्रक्रियासँगै सिन्धुपाल्चोकका विद्यार्थीले विद्यालयमै तरकारी उत्पादन गरेका छन् ।
जिल्लाको बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयको करेसाबारीमा सिजन अनुसारको तरकारी उत्पादन गरेका छन् । विद्यार्थीहरुलो उक्त तरकारी दिवा खाजामा प्रयोग गर्दै बाँकी रहेको तरकारी बाह्रबिसे बजार वा नजिकैको पसलमा बिक्री गरेर आम्दानीसमेत गर्न थालेका छन् ।
विद्यार्थीले गोलभेँडा, मुला, गाँजर, सा
गलगायतका तरकारी लगायका छन् । मौसम अनुसारको तरकारी उत्पादन गरि विद्यालयले लिएको दुई रोपनी जग्गामा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई मौसम अनुरूपको तरकारी खेती गर्न सिकाइँदै आएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले बताउनुभयो ।
तरकारी खेतीमा शिक्षकले पनि साथ दिने गरेका छन् । नेसनल केयर फाउन्डेसन नेपालको सहयोगमा फ्रन्जेस क्राइज जर्मनीले जग्गाको भाडा तिरिदिने गरेको छ ।

५ माघ २०८१, शनिबार ११:०७