वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै


जनतापत्र, इन्द्रावति ।
वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुन लागेको हो ।

ऐसेलुखर्क माविको खेल मैदानमा सञ्चालन हुने
उक्त प्रतियोगितामा सहभागी हुन पालिकाभित्रका सबै वडाहरूलाई वडा कार्यालयले बुधवार सूचना जारी गर्दै आह्वान गरेको हो । यही फागुन २७, २८ र २९ गरी तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्ने सूचनामा उल्लेख छ।

त्यस्तै द्वितीय हुने टोलीले २० हजार र तृतीय स्थान हासिल गर्ने टोलीले १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने वडा कार्यालयले जनाएको छ।

२२ फाल्गुन २०८१, बिहीबार १२:१६