/*php the_title();*/?>


सुनिता रखाल, चौतारा ।
लोकतान्त्रिक मगर संघ सिन्धुपाल्चोकको अधिवेसन शनिबार सदरमुकाम चौतारामा सम्पन्न भएको छ । बागमती प्रदेश अध्यक्ष ओम थापामगरको प्रमुख आपतथ्यतामा प्रथम अधिवेशनबाट मिलन रानामगरको तेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ ।
उक्त अधिवेसनबाट संघको उपाध्यक्ष, दिलिप रानामगर, सचिव, नानीमाया रानामगर, उपसचिव मदन पुलामीमगर र कोषाध्यक्ष लीलामाया पुलामीमगर सदस्यहरुमा तारा कुमारी मगर, कौशिला थापा मगर, रमेश राना मगर,सुरेश राना मगर,भिम ब लुङ्गेली मगर,शर्मिला राना मगर,चम्फा राना मगर,पम्फा आले मगर,काली आले मगर,एसोदा आले मगर,चयन भएका हुन् ।
सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुभाष कर्मचार्य, नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमानसिं तामाङ, वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठ, लोकतानित्रक आदिवासी जनजाती महासंघ केन्द्रीय सदस्य संगीता रानामगर लगायतको सहभागिता रहेको थियो ।
१८ फाल्गुन २०८१, आईतवार ०५:५४