/*php the_title();*/?>

जनतापत्र, चौतारा ।
“लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति योजना सम्बन्धी कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।
कमलको फुल बहुउद्देश्यीय महिला सहकारी संस्थाको समन्वय र टेवाको प्रविधिक सहयोगमा सो दुई दिने उक्त गोष्ठी सम्पन्न भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना भएको उक्त गोष्ठि कार्यशालामा नगर उप–प्रमुख श्री सीता थापाको अध्यक्षता रहेको थियो ।
नगर प्रमुख श्री कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री बैकुण्ठ प्रसाद सापकोटा र वडा नं १, २, ५, ६, ८, १३, र १४ का वडा अध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।
गोष्ठीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकामा कार्यरत शाखा प्रमुख तथा कर्मचारी, नगर महिला सञ्जाल, नगर बाल सञ्जाल लगायतका विभिन्न सञ्जालहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त अभिमुखीकरणमा प्रमुख प्रशिक्षक श्री रत्नकाजी बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी कार्ययोजनाको नमुना तयार गराई प्रस्तुतीकरण गराइएको थियो। प्रमुख प्रशासकीय अधिकृत श्री बैकुण्ठ प्रसाद सापकोटाले कार्यक्रममा बोल्दै यस्ता कार्यशालाहरूले स्थानीय तहमा लैंगिक समानता र समावेशीकरणका लागि ठोस कार्ययोजना निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
१७ मंसिर २०८१, सोमबार १२:११