लिसंखुपाखरमा साबुन बनाउने १० दिने तालिम

जनतापत्र,लिसंखुपाखर
लिसंखुपाखर गाउँपालिका–६ को पेट्कुमा दलित उत्थान समितिको आयोजनामा १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष राजु लामा र उपाध्यक्ष मिठुदेबी लामाको आतिथ्यमा सम्पन्न कार्यक्रममा २७ जनाले सहभागिता जनाएका थिए।पाँच लाखको बजेटबाट सञ्चालित तालिमले दलित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको थियो।तालिम समापनमा उपाध्यक्ष लामाले सिकेका सीपलाई व्यवहारमा लागू गर्न जोड दिनु भयो प्रमुख अतिथि एवम गाउपालिका अध्यक्ष राजु लामाले समाजमा हरेक कुरामा पछाडि परेका साथै अवसरबाट बञ्चित रहेका बिपन्न र दलितहरूको आयस्तर उकास्नको लागि गाँउपालिकाको तर्फबाट आबस्यक बजेटको ब्यवस्थापन गरिदिने प्रतिबद्वता जनाउनु भयो ।

२७ बैशाख २०८२, शनिबार १८:५७