लिसंखुपाखरमा गृहिणी महिलाहरुका लागि १ महिने तालिम शुरु

जनतापत्र,लिसंखुपाखर ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिका ५ मा गृहिणी महिलाहरुका लागि मखमलको जुत्ता चप्पल बनाउने १ महिने तालिम बुधबारबाट शुरु भएको छ ।
सीप बिकास तालिममा जेठलस्थित गृहिनी महिला समुहका २० जनाको सहभागीता रहेको वडाध्यक्ष तिलकबहादुर श्रेष्ठले बताउनु भएको छ ।
कार्यक्रम, सामाजिक बिकास कार्यालय धुलिखेलसंगको साझेदारीमा लिसंखुपाखर गाँउपालिकाको २० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो ।

१७ बैशाख २०८२, बुधबार २२:०४