/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकमा लिफ कार्यक्रमले सहमती परामर्श लिएको छ ।
चौतारामा सामुदायिक बन समुह, सामुदायिक बन उपभोक्ता महासङ्घ तथा जनजाती महासङ्घका पदाधिकारी, डिभिजन बन कार्यलयका रेन्जर कमला श्रेष्ठ सहितको उपस्थितिमा कार्वन उत्सर्जन कम गर्न वन केन्द्रित कार्यक्रम संचालनको लागि लिफ कार्यक्रमले सहमती परामर्श लिएको हो ।
सामुदायीक वन उपभोक्ता महासंघका बागमती प्रदेश अध्यक्ष विनोद सापकोटाले जलवायु परिवर्तनको कारक तत्व कार्वन उत्सर्जन कम गर्न सबैभन्दा सस्तो र भरपर्दो माध्यम वन भएकोले कार्यक्रम बागमती ,गण्डकी ,र लुम्बिनी प्रदेशका ३६ जिल्लामा संचालन हुने जानकारी दिनुभयो ।
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्ने रु १ अर्ब ६० करोड रकम बाट ३६ जिल्लामा कार्यक्रम लागु हुने छ ।
२ मंसिर २०८१, आईतवार १३:१८