/*php the_title();*/?>
जनतापत्र, इन्द्रावति ।
राजकुमार स्मृती लिफ्ट खानेपानीको उद्घाटन गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ३ स्थित वुधवार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालद्धारम सो लिफ्ट खानेपानीको उद्घाटन गरिएको हो । सो खानेपानी लिफ्ट ३९ लाख ३ हजारमा आर्थिक लागतमा सम्पन्न भएको हो ।
सो आयोजनाको लागि गाउँपालिकाले र वडाले २६ लाख ५० हजार बिनियोजन गरेको थियो ।
वडा सचिव निराजन गिरिले जेएफएस. एफएस संस्था बाट १२ लाख ५३ हजार सहयोग प्राप्त भएको बताउनुभयो ।
वडा अध्यक्ष भिमसेन थापाका अनुसार, लिफ्ट खानेपानी बाट ३०० घर लाभान्वित हुने भएका छन् ।
जापान र नेपालको ऐतिहासिक सम्बन्ध रहेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्मरण गर्नुभयो ।
उहाँले जापनीज संस्थाले नेपालको निमित्त धेरै काम गरेको भन्दै भुकम्प बाट ध्वस्त भएको विद्यालयको भवन निर्माण, आयआर्जन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “हामी खानेपानीले काकाकुल थियौँ । ईन्द्रावतीको १२ मध्ये ९ वटा वडालाई बृहत् खानेपानीले समेटेको छ“।
३ वटा वडा मध्ये ३ नं मा खानेपानीको उद्घाटन भएको छ । बृहत् खानेपानीको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कार्यक्रमका विशेष अतिथि जेएफस, एफएस संस्थाका कन्ट्रि डाईरेक्टर नोरिको अक्षुताले पानी नभई दैनिकि चलाउन असहज हुने बताउनुभयो । उहाँले लिफ्टिङ खानेपानीले यहाँको नागरिकलाई सहज हुने बताउँदै सबैजना मिलेर वडा नं ३ लाई राम्रो बनाउन शुभकामना दिनुभएको थियो ।
२ बर्ष अघि दुर्घटनामा परि अल्पायुमै निधन भएको राजकुमार बानियाँको सम्झनामा खानेपानी आयोजनाको नाम राखिएको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले बताउनुभयो ।
उहाँले बानियाँको जग्गामा खानेपानीको मुल रहेको बताउँदै लामो समयदेखि खानेपानीको समस्या बाट ग्रसित यस वडामा सुरू भएको लिफ्टिङ खानेपानीको दिगोपनको लागि समेत शुभकामना दिनुभयो ।
खानेपानीबाट जनताको मुहारमा खुसी छाउनुका साथै दैनिकिमै परिवर्तन आउने ईन्द्रावती ३ का वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयो ।
यहाँको खानेपानीको समस्या अव केही हदसम्म समाधान हुने भ
एको छ ।
वडा सदस्य दिपक बानियाँले बजेट व्यवस्थापन देखि मुहान व्यवस्थापन सम्म भुमिका खेल्नुभएको थियो ।
वडा सदस्य दिपक बानियाँलाई कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो । त्यस्तै पानीको मुहानदाता बासुदेव बानियाँ, राजु बानियाँ, विजय बानियाँ र प्रजय बानियाँ तथा जग्गादाता डिएन्द्र बानियाँ सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, स्थानिय लगायतको सहभागिता थियो ।
२ फाल्गुन २०८१, शुक्रबार १३:०४