/*php the_title();*/?>

चीन र भारतले केही वर्ष पहिले पनि नेपाली भूमि लिपुलेकबारे त्यही प्रकारको सम्झौता गरेका थिए र हामीले त्यसको विरोध गरेका थियौँ र अहिले पनि हामीले उनीहरूको त्यस प्रकारको नीतिको कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछौँ । हामीले सरकारसित चीन र भारतले लिपुलेकबारे गरेको त्यसप्रकारको सम्झौताको कडा विरोध गर्न माग गर्दछौँ ।

मोहनविक्रम सिंह
हालै चिनियाँ र भारतीय प्रधानमन्त्री दुबैले निकालेको संयुक्त विज्ञप्तिमा लिपुलेकलाई उनीहरूको व्यापारिक मार्ग बनाउने सहमति प्रकट गरिएको छ । लिपुलेक त्रिदेशीय सीमा हो । त्यसकारण नेपालको सहमतिबिना उनीहरूले त्यसलाई आफ्नो व्यापारिक मार्ग बनाउन कुनै सम्झौता गर्नु अन्तर्राष्ट्रिय कानुन र नेपालको पनि सार्वभौमिकताका विरुद्धको कुरा हो ।
चीन र भारतले केही वर्ष पहिले पनि नेपाली भूमि लिपुलेकबारे त्यही प्रकारको सम्झौता गरेका थिए र हामीले त्यसको विरोध गरेका थियौँ र अहिले पनि हामीले उनीहरूको त्यस प्रकारको नीतिको कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछौँ । हामीले सरकारसित चीन र भारतले लिपुलेकबारे गरेको त्यस प्रकारको सम्झौताको कडा विरोध गर्न माग गर्दछौँ ।
हाम्रो पार्टीले चीन र भारत दुबैलाई साम्राज्यवादी देशहरू मान्दछ । अहिले उनीहरूले लिपुलेकबारे गरेको सम्भौताबाट उनीहरू दुबैको साम्राज्यवादी चरित्र नै प्रकट भएको छ । भारतले लिपुलेकका साथै लिम्पियाधुरा र कालापानी क्षेत्रमा पनि कब्जा जमाएको छ । चीनले आफ्नो नयाँ नक्सामा त्यो क्षेत्र नेपालमा भएको देखाएको छैन । त्यसैले नेपालको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध ती दुबै देशहरूले आपसमा साँठगाँठ गरेको देखिन्छ ।
हाम्रो पार्टीले चीन र भारत दुबै देशहरूलाई साम्राज्यवादी देश माने पनि तुलनात्मक रूपले नेपालका लागि भारतीय साम्राज्यवाद बढी खतरनाक भएको विश्लेषण गरेको छ । अमेरिकी र भारतीय साम्राज्यवादको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मैत्रीपूर्ण सम्बन्धलाई हामीले सकारात्मक रूपमा लिन्छौँ । तर, त्यसो गर्दागर्दै पनि चीनले लिपुलेक र कालापानी क्षेत्रसमेतबारे जुन अमैत्रीपूर्ण र साम्राज्यवादी नीति अपनाएको छ, त्यसको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।
यसैगरी अमेरिकाले पहिले स्थगित गरेको एमसिसिलाई नेपालमा पुनः लागू गर्ने निर्णय गरेको छ । एमसिसीका पछाडिको उद्देश्य चीनका विरुद्ध घेराबन्दी गर्ने, तिब्बतमा दलाई लामालाई पुनस्र्थापना गर्नका लागि त्यहाँ आक्रमण गर्न नेपालको भूमिलाई उपयोग गर्नु नै हो ।त्यसैले अमेरिकाको एमसिसीको नीतिबाट नेपालको तटस्थ नीति समाप्त हुने र हाम्रो देश युद्ध भूमिमा बदलिने गम्भीर खतरा छ । त्यसैले एमसिसीका विरुद्ध अगाडि आउने शक्तिहरूसित संयुक्त भएर त्यसका विरुद्ध पनि आन्दोलन अगाडि बढाउन हामीले पहलकदमी गर्नुपर्दछ । भारत र चीन दुवै साम्राज्यवादी देशहरू हुन् भन्ने हाम्रो पार्टीको स्पष्ट मत छ । त्यही पनि तुलनात्मक रूपले ती दुवैमध्ये भारतीय साम्राज्यवाद नेपालका लागि बढी खतरा भएको हुनाले त्यो खतरामा नियन्त्रण र सन्तुलनका लागि चीनसितको मित्रताले सकारात्मक महŒव राख्छ ।
चीनले भारतसित गरेको लिपुलेकसम्बन्धी सन्धि र चीनको नक्सामा कालापानी क्षेत्रलाई नेपालमा नदेखाएको समेत विषयमा चीनको नीतिको पनि विरोध गर्ने हाम्रो नीति कायम रहनेछ । आज विश्वमा साम्राज्यवादी युद्ध गम्भीर हुनुका साथै विश्वशान्तिको प्रश्नमा पनि गम्भीर खतरा उत्पन्न भएको छ । आजको अन्तर्राष्ट्रिय स्थितिमा युद्ध बढेर गएमा त्यसले विश्वयुद्ध वा आणविक युद्धको रूप लिने खतरा पनि गम्भीर छ । त्यो अवस्थामा कैयौँ देशहरू प्ूरै ध्वस्त हुने वा सम्पूर्ण मानवजातिको नै विनास हुने खतरा पनि देखा पर्न सक्नेछ । इजरायली सरकारले प्यालेस्टाइनी जनतामाथि भीषण हमला गरिरहेको छ र गाजामा नरसंहार मच्चाइरहेको छ । उनीहरूको नीति गाजा बस्ने सबै प्यालिस्टाइनीहरूलाई समाप्त गर्ने नै रहेको देखिन्छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि गाजाबाट सम्पूर्ण प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाएर त्यहाँ आफ्नो प्रभुत्व कायम गर्ने विचार गरिरहेका छन् । अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण गरेका थिए र अरू आक्रमण गर्न पनि तयारी गरिरहेका छन् । त्यो अवस्थामा अमेरिकी साम्राज्यवादको युद्ध नीति तथा प्यालेस्टाइनी जनता र इरान समेतमाथि उनीहरूले गरिरहेको आक्रमणको विरोध गर्नु विश्वभरका जनताको उत्तरदायित्व भएको छ र नेपाली जनता पनि त्यसका लागि अगाडि आउनुपर्ने आवश्यकता छ ।
नेपालका वामपन्थी शक्ति, नागरिक समाज वा स्वतन्त्र बुद्धिजीवी समेतले त्यस प्रकारको आन्दोलनलाई अगाडि बढाउन महŒवपूर्ण भूमिका खेलेका छन् । आउने दिनहरूमा पनि अमेरिकी साम्राज्यवादको विरोध, प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनको समर्थन, गाजामा इजरायलले गरिरहेको नरसंहार तथा अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमण समेतका विरुद्धअगाडि आउने सबै राजनीतिक शक्ति, संगठन वा स्वतन्त्र व्यक्तिहरू समेतले मिलेर त्यो आन्दोलनलाई संयुक्त रूपमा अगाडि बढाउन पहल गर्नुपर्छ ।
त्यसो त पछिल्ला वर्षहरूमा पुँजीवादभित्र सबै खालका संकट गहिरिँदै गएको छ । पुँजीवादभित्रको आर्थिक संकटका कारणले स्वयं पुँजीवादी देशहरूमा गम्भीर प्रकारको बेरोजगारीको समस्या बढ्दै गइरहेको छ । त्यही कारणले अहिले अमेरिकाका नेपालीसहित ठुलो पैमानामा आप्रवासीहरूलाई त्यहाँबाट निष्कासित कार्य भइरहेको छ ।अन्य पुँजीवादी देशहरूमा पनि त्यो सिलसिला बढ्दै जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा विदेशमा रोजगारी खोज्न गएर नेपालको बेरोजगारी समस्या स्थायी रूपले हल हुन नसक्ने कुरा प्रष्ट छ । त्यो समस्यालाई हल गर्नका लागि कृषि र उद्योग समेतको दिगो विकास हुनुपर्ने आवश्यकता छ । तर विद्यमान राज्य व्यवस्थामा उच्च राजनीतिक र प्रशासनिक तहमा देखा परेको व्यापक भ्रष्टचार, कुशासन र अवस्थाका कारणले देशको दिगो विकास हुन सकिरहेको छैन ।
त्यसकारण देशमा बेरोजगारको समस्यालाई हल गर्नका लागि पनि विद्यमान राजनीतिक व्यवस्थामा सुधारमा आमूल परिवर्तनको आवश्यकता छ । नेपालका बुद्धिजीवीहरूको पलायन पनि गम्भीर समस्या हो र त्यसबाट देशको विकासमा नै बाधा पर्ने कुरा निश्चित छ । नेपालमा जनता वा राज्यको ठुलो लगानीबाट बुद्धिजीवीहरू पैदा हुन्छन् तर उनीद्वारा देशको विकासमा मद्दत पुग्नुको सट्टा उनीहरूको उपयोग विदेशमा नै हुन्छ । विद्यार्थीहरूको पनि ठुलो पैमानामा भइरहेको विदेश पलायन पनि एउटा गम्भीर समस्या हो ।यसबारे प्रथमतः कुनै देशका विद्यार्थीहरू पढ्नका लागि विदेश जान हुन्न भन्ने सोचाइ अवश्य पनि सही हुने छैन । देशको विकासका लागि विदेशबाट ज्ञान, विज्ञान वा प्राविधिक शिक्षा प्राप्त गर्न आवश्यक र सही दुवै हुन्छ । तर त्यस सन्दर्भमा हाम्रो देशका विद्यार्थीहरूको समस्या के हो भने, विदेशमा पढ्न गएपछि उनीहरूको बढी जोड त्यही नै स्थायी रूपले विदेशमा नै घर परिवार गरेर बस्ने र देशमा नफर्कनेतिर नै बढी जोड हुन्छ । त्यो अवस्थामा उनीहरूबाट देशको विकासमा मद्दत पुग्ने कुनै संभावना हुँदैन ।उनीहरूमा देशभक्तिको भावना अत्यन्त कम भएको हुनाले नै त्यस्तो हुने गरेको छ । त्यसैले हामीले तल्लो कक्षाका विद्यार्थीहरूदेखि लिएर उच्च तहसम्म र देशव्यापी रूपमा देशभक्तिको भावना बढाउन योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसबारे हाम्रो देशको विशेष ध्यान जानु जरुरी छ ।
त्यसैगरी भ्रष्टाचार अहिले देशको गम्भीर राष्ट्रिय समस्या नै भएको छ । सरकारका मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको कुरा खुला रूपमा नै बाहिर आउने गरेको छ । देशमा गिरिबन्धु टि–स्टेट, ललिता निवास जग्गा प्रकरण, सुनको तस्करी, नक्कली भुटानी शरणार्थी, भिजिट भिसा काण्ड, सहकारी हिनामिना वा ठगीजस्ता भ्रष्टाचारका काण्डहरूको लामो सिलसिला छ । देशमा त्यस प्रकारको भ्रष्टचारको मानसिकताले तल्लो तहसम्म गहिरो जरा हालेको छ ।
(सौर्यअनलाइनबाट साभार)
६ भाद्र २०८२, शुक्रबार १३:२९