/*php the_title();*/?>

जनतापत्र,चौतारा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रक्रिया पुरा गरेर आज लामिछानेलाई भैरहवा कारागार चलान गरेको हो ।
अदालती प्रकृया पुरा गरेर कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको हो ।
अब अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने भएको छ ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा थुनामा पठाउन आदेश गरेको थियो ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि कारागारमा नै रहेका छन् ।
२४ चैत्र २०८१, सोमबार १४:४८