राष्ट्रिय संगीतकर्मी संघमा चालिसे

जनतापत्र, सिन्धुपाल्चाेक –

राष्ट्रिय संगीतकर्मी संघ, सिन्धुपाल्चाेकको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा लोकगायक कुमार चालिसे जिल्ला अध्यक्षको रूपमा चयन भएका छन्।

सिन्धुपाल्चाेकमा सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय चालिसेले जिल्लामा लोकसंगीतको प्रवर्द्धन तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। अधिवेशनमा अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष चालिसेले आफ्नो कार्यकालमा जिल्ला स्तरीय सांगीतिक कार्यक्रम, प्रतिभा पहिचान र संरक्षणका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघका केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले स्थानीय कलाकारहरूको हकहितका लागि अझ सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

२७ बैशाख २०८२, शनिबार २२:१६