/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
राष्ट्रिय युवासंघ नेपाल मेलम्ची नगर कमिटीको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमको उद्घाटन सत्र सकिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णहरी केसिले देशलाई अगाडि बढाउन,समृद्ध तर्फ डो¥याउन युवाहरुले शसक्त भुमिका खेल्नुपर्ने बताए । ब्यक्ति रचनात्मक र सिर्जनात्मक हुनुपर्ने भन्दै युवाहरुलाई खास समस्या पर्दा युवासंघले नै त्यसको समाधान खोज्नेगरी काम गर्नुपर्ने उनले धारणा राखे ।
कार्यक्रममा विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य सुवास कर्मचार्यले युवामाथी ठुलो जिम्मेवारी रहेको र समाजमा रहेका बेथितिलाई अन्त्य गर्ने,समाजलाई बदल्ने ताकत युवामा हुने भन्दै देशमा उत्पन्न समस्याको हल अब युवाले गर्नुपर्ने बताए । उनले एमाले कमजोर भयो भने देशमा रजगज गर्न पाइने आशले अहिले एमाले माथी सबै पार्टी होमिएको बताए ।
अनुशासन आयोगका केन्द्रिय सदस्य डम्बर अर्यालले पार्टीको पक्ष,सत्यको पक्षमा उभिनका लागी युवाहरुमा निर्देशन दिए । आफु सिन्धुपाल्चोकको संस्थापक अध्यक्ष समेत रहेका उनले युवाहरुमा क्रान्तिकारीता हुनुपर्ने भन्दै एमालेलाई गाली गर्दा,एमालेको संगठनलाई गाली युवाहरूले बोल्न सक्नुपर्ने बताए ।
३० माघ २०८१, बुधबार १३:३५