/*php the_title();*/?>

जनतापत्र, काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
असोज १६ गते बिहीबार जारी गरिएको शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि सुख, शान्ति, समृद्धि र प्रगतिका कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले विजयादशमीलाई सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा स्मरण गर्दै नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराले सामाजिक र सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले दुर्गा भवानीसँग समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याण कायम होस् भन्ने प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।

१६ आश्विन २०८२, बिहीबार ०५:२४