राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक जिल्ला शाखाको पहिलो जिल्ला भेला चौतारामा

आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक जिल्ला शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ। उक्त भेलाबाट राष्ट्रिय फोटो पत्रकारमा विजय नेपाल अध्यक्ष पदमा निर्वाचित भएको छ । उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा र सदस्य पदमा सुजन श्रेष्ठ निर्वाचित भएका छन्।
राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुव दंगालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। समूहका बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेललगायत अन्य अतिथिहरुको सहभागी रहेको थियो ।
देशभर क्रियाशील समूहको ४१ औं शाखाको रूपमा गठन भएको सिन्धुपाल्चोक शाखालाई नयाँ समितिले अब जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र हकहितको संरक्षणमा केन्द्रित गरिने प्रतिबद्धता जनाएको छ ।

१७ श्रावण २०८२, शुक्रबार १७:३०