/*php the_title();*/?>

जनतापत्र,काठमाडौं ।
सरकारले राष्ट्रियसभा सदस्यका रिक्त स्थान पूर्ति गर्नका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारसम्मेलनमार्फत सो जानकारी दिनुभयो। बैठकले नेपाल र मौरिससबीचको दोहोरो कर नलगाउने सम्झौता अन्त्य गर्ने, संघीय संसद्का पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ संशोधन गर्ने र स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ। त्यस्तै, छापाखाना तथा प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरिएको मन्त्री खरेलले बताउनुभयो। उनका अनुसार, अनलाइन मिडियाको दर्ता र नवीकरणका नयाँ प्रावधान राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्। साथै, मन्त्रिपरिषद्ले कतारको दोहामा हुने “सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट” कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणलाई स्वीकृति दिएको पनि जानकारी दिइएको छ।
१३ कार्तिक २०८२, बुधबार १७:३४