/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा नातिकाजी सापकोटा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। सोमबार तिपेनीमा सम्पन्न गाउँपालिका अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको हो।

निवर्तमान अध्यक्ष भीमबहादुर गुरुङ चित्र ले अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको जानकारी दिनुभयो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा नेत्री तथा केन्द्रिय संगठन प्रशिक्षण विभाग उप–संयोजक खुश्बु ओली, प्रदेशसभा सदस्य एवम् राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ की क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, केन्द्रिय सदस्य उदय सापकोटा लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
वक्ताहरूले राप्रपालाई अझ सशक्त, संगठित र जनमुखी बनाउँदै लैजान नयाँ नेतृत्वको भूमिका निर्णायक रहने उल्लेख गर्नुभयो। साथै, राप्रपा नै जनताको चाहना र अपेक्षा पूरा गर्न सक्षम राजनीतिक शक्ति भएको उनीहरूको भनाइ थियो।
२२ पुष २०८२, मंगलवार १८:३१