/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
रसुवा भन्सार नाकाबाट करिब ७ किलो ६ सय ग्राम सुन बरामद गरिएको छ। केरुङबाट स्याउ बोकेर आएको एउटा कन्टेनरमा लुकाइएको अवस्थामा उक्त सुन फेला परेको हो।भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार सुन ७ वटा बिस्कुट र केही साना टुक्रामा रहेको थियो। चीनको सीमावर्ती बजार केरुङबाट सुन ल्याइँदैछ भन्ने सूचना प्राप्त भएपछि कन्टेनरमा खानतलासी गर्दा सुन फेला परेको हो।सुन फेला परेपछि कन्टेनर चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बरामद सुन थप परीक्षणका लागि बैंकमा पठाइएको छ।हालका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी कडा बनाइएपछि सुन तस्करीका लागि उत्तरी नाका प्रयोग हुन थालेको सुरक्षास्रोतहरूको अनुमान छ।
५ जेष्ठ २०८२, आईतवार १७:२३