रसुवा जिल्लामा ७० प्रतिशत पानी पिउन अयोग्य

जनतापत्र,रसुवा ।
रसुवा जिल्लामा ७० प्रतिशत पानी पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
केहीदिन अघि रसुवाको सदरमुकाम धुन्चे लगायत पचहत्तर स्थानमा गरेको परीक्षणमा ७० प्रतिशत स्थानका पानी सिधै पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
रसुवाको नौ कुण्ड, उत्तरगया, कालिका तथा गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पानीको नमुना सङ्कलन गरी परीक्षण गर्दा सिद्धै पिउन अयोग्य देखिएको हो ।
गर्मीयाम सुरु भएसँगै पिउने पानीबाट फैलन सक्ने सरुवा रोगहरूको नियन्त्रणका लागि कार्यालयले पानीको नमुना सङ्कलन गरी परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले बताउनुभयो ।

३० चैत्र २०८१, आईतवार २२:२८