/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
रसुवागढी सडक अवरुद्ध भएपछि रसुवाका जलविद्युत् आयोजनाहरू ठप्प भएका छन्। असार २४ को बाढीले रसुवागढी जलविद्युत्को मुहानको बाँध बगाएपछि आवश्यक सामग्री ल्याउन सकिएको छैन। सुरुङ र गृह सुरक्षित भए पनि बाँध पूर्ण क्षति भएकाले मर्मत सम्भार अघि बढ्न सकेको छैन। १११ मेगावाट क्षमताको यो आयोजनाबाट दैनिक करिब २६ लाख युनिट विद्युत् उत्पादन हुने गरे पनि बाढीपछि उत्पादन बन्द छ। कम्पनीले हालसम्म करिब ७३ करोड आम्दानी गुमाइसकेको छ भने कुल क्षति झन्डै ३ अर्ब ५० करोड पुगेको छ। सडक नखुल्दा मालवाहक गाडी आवतजावत रोकिएको छ, जसका कारण आयोजनासँगै रसुवा भन्सारको राजस्व पनि शून्यमा झरेको छ। स्थानीय र सरोकारवालाले सरकारले तत्काल सडक मर्मत गरी सामग्री ढुवानी सहज बनाउन माग गरेका छन्।
१८ भाद्र २०८२, बुधबार १९:३६