यू–१३ फुटबल खेल प्रतियोगिता कांग्रेस नेता बस्नेतले उद्घान

जनतापत्र,बलेफी ।

सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु, बसन्तपुर खेलमैदानमा फुटबल प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ । उद्घाटन गर्दै खेलाडीहरूलाई शुभकामना समेत दिनु भएको छ ।
बलेफी गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडाध्यक्ष यू–१३ फुटबल खेल प्रतियोगिता कांग्रेस नेता बस्नेतले उद्घान गर्नु भएको हो ।
नेता बस्नेतले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ धुस्कुनमा रहेको श्री महेन्द्रप्रताप माध्यमिक बिद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक भेलामा पनि सहभागी हुनु भएको छ ।
उक्त भेलालाई सम्बोधन गनुहुर्दै पूर्वमन्त्री बस्नेतले सबैका लागि शिक्षा सर्वसुलभ बनाउनुपर्ने र सिन्धुपाल्चोकमा कांग्रेसले जितेका केही पालिकाहरू निःशुल्क शिक्षाको अभियान शुरु भइसकेको समेत बताउनु भएको छ ।

२७ चैत्र २०८१, बिहीबार २२:३०