/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक सेवा समाज यूएईले आइतबार दुबईस्थित गाउँवेसी रेष्टुरेन्टमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जिल्लावासी महिलाहरुलाई दर खुवाउँदै विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । रङ्गीन पोशाकमा सजिएका चेलीबेटीले तीजका गीतमा नाचगान प्रस्तुत गर्दा वातावरण उत्साहपूर्ण बनेको सहभागीहरुले बताएका छन् । समाजका अध्यक्ष सुभाष न्यौपानेका अनुसार, संस्थाको स्थापना कालदेखि नै विभिन्न औपचारिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् र यस पटकको तीज कार्यक्रमले पनि जिल्लावासीलाई आपसमा अझ नजिक ल्याएको छ । पूर्व अध्यक्ष दिपक राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिल तामाङ, महासचिव विश्व भुजेललगायत पदाधिकारीहरुको विशेष उपस्थिति थियो । करिब ४८ डिग्रीको गर्मी बीच पनि आयोजक टोलीले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष न्यौपानेले बताए । महासचिव भुजेलका अनुसार, समाजले अब निकट भविष्यमा नेपालबाट कलाकार बोलाएर अझ ठूलो सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । साथै, यूएईमा अलपत्र परेका वा समस्यामा परेका सिन्धुपाल्चोकवासीलाई सहयोग गर्दै नेपाल फर्काउने कार्यमा पनि समाज सक्रिय रहेको जानकारी दिइयो ।
यस पटक प्रविधि सम्बन्धी कारणले केही ढिलाइ भएकोमा अध्यक्ष न्यौपानेले क्षमा माग्दै आगामी दिनमा अझ व्यवस्थित रुपमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन् ।
१६ भाद्र २०८२, सोमबार ०६:५९