याङ्री लार्के सरोकार समितिद्वारा मेलम्ची खानेपानीलाई ज्ञापनपत्र, कडा चेतावनी

जनतापत्र,सिन्धुपाल्चोक ।
याङ्री लार्के स्थानीय सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिलाई सामाजिक उत्थान कार्यक्रम तत्काल लागू गर्न माग गर्दै बिहिबार ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष गोपाल स्याङ्बोको नेतृत्वमा गएको टोलीले कार्यकारी निर्देशक जगन्नाथ दासलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो । सो टोलीमा कोषाध्यक्ष सोमर बोम्जन, सचिव चन्द्रबहादुर तामाङ, सदस्य अर्जुन लोप्चन र युवा व्यवसायी बिमल तिमल्सिना सहित प्रभावित स्थानीयको उपस्थिति थियो । असोज ८ गतेको बैठकका निर्णय समेटिएको ज्ञापनपत्रमार्फत असोज मसान्तभित्र सामाजिक उत्थान कार्यक्रम लागू गर्न माग गरिएको छ । अध्यक्ष स्याङ्बोले माग पूरा नभए समितिको सम्पूर्ण काम रोक्ने कठोर कदम चाल्नुपर्ने चेतावनीसमेत दिनुभयो ।

९ आश्विन २०८२, बिहीबार २१:२४