मोबाइल चोरेको आरोपमा सात जना पक्राउ


जनतापत्र, चौतार ।
मोबाइल चोरेको आरोपमा सात जना पक्राउ परेका छन्ल । प्रहरीले २७१ थान मोबाइल सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगर
पालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् ।

७ चैत्र २०८१, शुक्रबार १३:५६