/*php the_title();*/?>

आइसिँ तामाङ,मेलम्ची ३ हैबुङ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, हैबुङ काउले दोभानमा अधुरो अवस्थामा रहेको फट्के पुल स्थानीय बासिन्दाका लागि दैनिक मृत्युको पासो जस्तै बनेको छ । खोलाको बिचमा ठाडो तरिकाले नयाँ झरना हेर्ने भ्यूउ टावर जस्तै बनाएर थनकाएको छ । पुल अधुरै रहँदा जोखिम मोलेर हिँड्नुपर्ने,सामान ओसारपसार गर्दा लडेर गम्भिर गाईते हुने कार्य दिनदिनै बढ्न थालेको छ,तरा स्थानिय जनप्रतिनिधि भने यो कामलाई सम्पन्न गर्नुको साट्टो मौन बसिरहेका छन।
यसैका बाध्यता बीच हालै स्थानीय सन्तोसी राउत सोही पुलबाट लडेर गम्भीर घाइते भएकी छन्। उनी हाल अपांग अस्पतालमा उपचाररत छिन्। स्थानीयहरूले यस घटनापछि आक्रोश प्रकट गर्दै पुल तत्काल पुनर्निर्माण गर्नुपर्ने माग राखेका छन्। तत्काल स्थलगत निरीक्षण गरेर वैकल्पिक बाटो वा अस्थायी पुलको व्यवस्था होस्,अधुरो पुललाई छिटोभन्दा छिटो पुनः निर्माण गरी प्रयोगयोग्य बनाउन बजेट छुट्याइयोस्,घाइतेको उपचारमा नगरपालिकाले प्रत्यक्ष समन्वय गरी सहयोग गरोस् जस्ता स्थानीयहरूको माग हरेको छ । अत्यावश्यक बाटो अवरुद्ध हुँदा दैनिक जीवन ठप्प पर्नुका साथै विद्यार्थी, बृद्धबृद्धा र बिरामीलाई आवतजावत गर्न असहज भएको गुनासो स्थानीयवासीले गरेका छन्।
३१ भाद्र २०८२, मंगलवार १०:४०