/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ जरायटारमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । साधारणसभामा मेलम्ची–११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रदेश कृषि सहकारी संघका सचिव तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, सचिव रामशरण गिरिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले सहकारी संस्थाहरूको सुदृढीकरणका लागि नगरपालिकाबाट नीतिगत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष तामाङले सहकारीको दिगोपन सदस्यहरूको जिम्मेवारीसँग जोडिएको उल्लेख गर्दै ऋण लिने सदस्यहरूले समयमै भुक्तानी गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष चौलागाईंले बचत र बीमालाई प्राथमिकतामा राखेमा सदस्यहरू जोखिमबाट सुरक्षित हुन सक्ने बताउनुभयो । उहाँले सहकारीसँग सम्बन्धित व्यवहारिक जानकारीसमेत सभामा सहभागीहरूलाई प्रदान गर्नुभयो ।

सभामा अध्यक्ष भट्टराईले वार्षिक गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्नुभयो भने आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन प्रबन्धक चालिसेले पेश गर्नुभयो । चालु आर्थिक वर्षमा सहकारीले सेयर सदस्यहरूलाई १३ प्रतिशत सेयर बोनस वितरण गरेको जानकारी दिइएको थियो । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक कौसिला ढकालले प्रतिवेदन प्रस्तुत गर्नुभयो । हाल सहकारीमा एक हजार एक सय ५४ जना सदस्य आबद्ध रहेका छन् ।
१० पुष २०८२, बिहीबार ०९:२९