/*php the_title();*/?>


आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको लापरबाहीपूर्ण व्यवस्थापनका कारण पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दा दैनिक रूपमा जीवनको बाजी लगाएर यात्रा गर्न बाध्य भएका छन्।
बर्खा याम सुरु भएसँगै मेलम्ची–भोताङ मोटरबाटो, विशेषगरी मेलम्ची नगरपालिका–राम्चेको डिल खण्ड, हिलो, पानी र खाल्डाखुल्डीले भरिएको खतरनाक र जोखिम पुर्ण यात्राको मार्ग मा रूपान्तरण भएको छ।
स्थानीयका अनुसार, बाटो मर्मतका लागि करोडौं रुपैयाँ बजेट विनियोजन भए पनि गुणस्तरीय सुधारको कुनै ठोस परिणाम नभएको,वर्षातमा हिलो र पहिरोको खतरा,हिउँदमा धुलोको आतंकले स्वास्थ्यमा प्रत्यक्ष असर,खाद्यान्न ल्याउन, बिरामी बोकेर लैजान, स्थानीय उत्पादन बजारसम्म पु¥याउन जीवको जोखिम,र जुन सुकै बेला पनि मनाविय क्षेति हुन सक्ने स्थिति देखिएको छ
“चार–पाँच टिप्पर ग्राभेल हाल्दा बाटो सहज हुन सक्थ्यो, तर हाम्रो पीडा कसैले देखेन,” एक स्थानीय बासीले जानकारी गराएका छन । यस्तो अवस्थाले कृषि, पर्यटन र आपतकालीन सेवामा ठुलो क्षति पु¥याइरहेको छ। स्थानीयहरूले सरकार र सम्बन्धित निकायलाई तत्काल उच्च प्राथमिकतामा राखी गुणस्तरीय मापदण्डअनुसार दिगो मर्मत गर्न माग गरेका छन्।
३० श्रावण २०८२, बिहीबार २०:३६