/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाले बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालको अभ्यास र अनुभवलाई आधार बनाएर आफ्नै नगर अस्पताललाई प्रभावकारी बनाउन छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बुढानिलकण्ठका प्रतिनिधिले अस्पताल सञ्चालनमा देखिएका चुनौती, समाधान र सिकाइका विषय प्रस्तुत गर्दै मेलम्चीलाई शुभकामना व्यक्त गरेका थिए। मेलम्ची नगरप्रमुख आइतमान तामाङले अस्पताल दिगो बनाउन स्पष्ट नीति, दक्ष जनशक्ति, प्रविधिको प्रयोग र सामुदायिक सहभागिता अनिवार्य हुने बताए। उहाँले छिट्टै सञ्चालन हुने मेलम्ची नगर अस्पतालमा भ्रमण गर्न आमन्त्रणसमेत गरे। उपप्रमुख उमा प्रधानले बुढानिलकण्ठको अनुभवले मेलम्चीमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा मेलम्ची र बुढानिलकण्ठ दुवै नगरपालिकाका प्रमुख–उपप्रमुख, प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल निर्देशकलगायतको उपस्थिति थियो।
१९ भाद्र २०८२, बिहीबार १४:५६